झापा , फागुन २४ । नेपालमा पछिल्लो केही दिनयता कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ।

लगातार चार दिनदेखि थपिने कोरोना संक्रमितको संख्या शून्यमा झरेको हो । फागुन १९ गतेयता एकजना पनि संक्रमित थपिएका छैनन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा संक्रमणमुक्त हुनेको संख्या पनि शून्य नै छ । योसँगै देशभर सक्रिय संक्रमितको संख्या पाँच भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्