झापा, फागुन २५ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले राष्ट्रपतिमा रामचन्द्र पौडेललाई मत दिने भएको छ ।

पार्टीले कांग्रेस उम्मेदवार पौडेललाई मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए । आधाभन्दा बढी मतदान भइसकेका बेला रास्वपाले ढिला गरी निर्णय गरेको हो । निर्णयपश्चात् सांसदहरू मतदानका लागि बानेश्वरतर्फ लागेका छन् । मतदानका लागि दिउँसो ३ बजेसम्मको समय छुट्याइएको छ । राष्ट्रपतिका लागि एमालेका सुवास नेम्वाङ र कांग्रेसका पौडेल उम्मेदवार छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्