दमक, फागुन २५ । दमकमा तुलसी बचत तथा ऋण सहकारी संस्थाका पीडितहरुले बचत रकम फिर्ताको माग गर्दै प्रदर्शन गरेका छन् ।

बिहीबार दमक –९ स्थित सहकारी परिसरमा भेला भएका बचतकर्ताहरुले ब्यानर बोकेर नाराबाजीसहित प्रदर्शन गरेका हुन् । पीडित बचतकर्ताहरुले पश्चिम बसस्टेण्डदेखि दमक चौंकसम्म नाराबाजी गरेका थिए ।

विराटनगरमा मुख्य कार्यालय रही दमकमा समेत सेवाकेन्द्र सञ्चालन गरेर पाँच बर्ष अघिदेखि कारोबार गर्दै आएको सो संस्थाको कार्यालय घोषित रुपमा नै बन्द भइसकेको छ ।संस्थाले दमकमा महँगो ब्याज दिने भन्दै हजारौं बचतकर्ताहरुबाट करिब ७० करोड रुपैयाँ संकलन गरेको बताइन्छ । यकिन विवरण बाहिर नआएपनि पीडितहरुको संख्या एक हजारभन्दा बढी रहेको र उनीहरुको बचत रकम ७० करोडभन्दा बढी रहेको अनुमान गरिएको छ ।

यसअघि दमकमा समेत कारोबार गर्दै आएको कमल २ स्थित पूर्व नेपाल बहुउद्देश्यीय सहकारी संस्थाले पनि बचतकर्ताहरुको रकम फिर्ता नगरेको बाहिर आएको थियो । ४ बर्षअघि दमकमा स्वर्गपुरी बचत तथा ऋण सहकारी , नारायणी बचत तथा ऋण सहकारी संस्थाले पनि बचतकर्ताहरुको रकम हिनामिना गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्