भद्रपुर ,फागुन २६ । हरेक महिनाको अन्तिम शुक्रवारे भेलाअन्तर्गत लेखनाथ पुस्तकालय चन्द्रगढीले यस महिना साहित्यकार होम सुवेदीद्वारा लिखित ‘ स्वर्गबाट वितृष्णा जागेपछि’ नामक लघुकाब्य सार्वजनिक गरेको छ ।

कार्यक्रमका प्रमुख अतिथि सुशेली साहित्य परिवार काँकडभिट्टाका अध्यक्ष पुण्यप्रसाद खरेलले पुस्तकको लोकार्पण गरे । पुस्तकमाथि जीवननाथ सुवेदीले समीक्षा र साहित्यकार चुडामणी बशिष्ठले चर्चा गरेका थिए ।

पुस्तकालयका अध्यक्ष हरिप्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि खरेल, लेखक सुवेदी, शिक्षासेवी उद्धव विष्ट ,साहित्यकार नवराज घिमिरेलगायतले मन्तव्य राखेका थिए । सचिव हरिकिशोर आचार्यले संचालन गरेको कार्यक्रममा स्वागत मन्तव्य आरती पोखरेलले गरेकी थिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्