बिर्तामोड, फागुन २६ ।नगर खेलकुद विकास समिति बिर्तामोडले वडा खेलकुद समिति गठन प्रक्रियालाई तिब्ररुपमा अघि बढाएको छ ।

नगर समितिले शुक्रवार वडा नम्बर १,३ र ४मा समिति गठन गरेको हो । यसअघि वडा नम्बर २ मा कमला लिम्बूको अध्यक्षतामा समिति गठन गरिसकेको नगर खेलकुद विकास समितिले शुक्रवार ३ वटा वडामा समिति निर्माण गरेको हो ।

शुक्रवार गठन भएको वडा नम्बर १मा अध्यक्ष केशव पोखरेल, उपाध्यक्ष सोमन्त कार्की , केशव रणपहेली ,सचिब बिमल भट्टराई तथा सदस्यहरुमा सुभम गोयल, निर्भिक शिवाकोटी,सुरज धिमाल, पुष्कर पाण्डे,मनोज राजवंशी, प्रदिप लिम्बू, हेमन्त प्रसाई रहेका छन् ।
यस्तै वडा नम्बर ३मा अध्यक्ष अनिश सुवेदी, उपाध्यक्ष आस्ना भण्डारी ,सुवास सिटौला, सचिब बप्पा शाह तथा सदस्यहरुमा शितल फागो, आशा गुरुङ, रोहन पोख्रेल, कृष्ण बाराकोटी, दिनेश अधिकारी, दिपेश राई र बिकास गौतम रहेका छन् ।

यस्तै वडा नम्बर ४ मा गठन गरिएको समितिमा अध्यक्ष भेषराज लिम्बू, उपाध्यक्ष रुपेश मादेन , रेनुका राई, सचिव हेक्की श्रेष्ठ तथा सदस्यहरुमा अर्जुन संग्रौला, योगेश गुरुङ, आशा लिम्बु, रोशन शाही ठकुरी, रोशन डाँगी र समिर आलम रहेका छन् । अब आइतबार वडा नम्बर ७, ८ र ९ मा र २९ गते वडा नम्बर ५,६ र १० मा समिति गठन गरिने नगर खेलकुद विकास समितिका संयोजक विकास गिरीले जानकारी दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्