झापा , फागुन २८ । सिन्धुलीको फिक्कल गाउँपालिका-४ मा बस दुर्घटना भएको छ ।

ओखलढुङ्गाबाट काठमाडौँ जाँदै गरेको बस फिक्कलमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको सिन्धुलीका एसपी राजकुमार सिलवाले बताए । दुर्घटनामा घाइते भएका २४ जनालाई खुर्कोतर्फ लगीएको छ । एकजना घाइतेलाई उपचारका लागि घुर्मिमा पठाइएको जानकारी आएको एसपी सिलवालले बताए । एसपी सिलवालका अनुसार तीव्र गतिका कारण दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । बा २ ख ६५९६ नम्बरको बस सडकको भित्तामा ठोक्किएको छ र चालक फरार छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्