झापा , फागुन २८ । सिन्धुलीको फिक्कल गाउँपालिका-४ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ ।

ओखलढुंगाबाट काठमाडौँ जाँदै गरेको बा २ ख ६५९६ नम्बरको बस फिक्कलमा दुर्घटना भएको थियो । मृतकको संख्या ६ पुगेको सिन्धुलीका एसपी राजकुमार सिलवालले बताए । मृत्यु हुनेमा ३ पुरुष र ३ महिला छन् । दुर्घटनामा परेर २९ जना घाइते भएका छन् । सिन्धुलीको खुर्कोटमा घाइतेहरुको उपचार भई रहेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्