बिर्तामोड, फागुन २८ । नगर खेलकुद विकास समिति बिर्तामोडले आइतबार २ वटा वडामा खेलकुद समिति गठन गरेको छ ।

वडा नम्बर ८ र वडा नम्बर ९ मा समिति गठन गरिएको हो । वडा नम्बर ८मा विपिन कार्कीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा चन्द्रमणी कट्टेल, अमिनकुमार श्रेष्ठ, सचिवमा सरिता मैनाली तथा सदस्यहरुमा विजय चापागाई, शिव अधिकारी, सुरज कटुवाल, दिपेश पौडेल, सनम खान, विकेश शाह र गोमा कटुवाल रहेका छन् ।
यस्तै वडा नम्बर ९मा विश्वदीप राजवंशीको अध्यक्षतामा समिति गठन गरिएको छ । समितिको उपाध्यक्षमा कमला विष्ट, दिपेश राई, सचिवमा विवश बस्नेत तथा सदस्यहरुमा यदु गौतम, पारस थपलिया, रोजिना राजवंशी, प्रकाश बराईली, पारस राजवंशी, पर्वत मर्डी र पवन सुवेदी रहेका छन् ।


वडा नम्बर ८मा वडाध्यक्ष अजय कार्की र वडा नम्बर ९मा वडाध्यक्ष हरिप्रसाद चौलागाईलगायत जनप्रतिनिधि र विभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थितिमा समिति निर्माण गरिएको नगर खेलकुद विकास समितिका अध्यक्ष विकास गिरीले जानकारी दिए ।

यसअघि नगरको वडा नम्बर १,२,३ र ४ मा समिति निर्माण कार्य सम्पन्न भईसकेको छ । बाँकी रहेका वडाहरुमा पनि क्रमशः समिति निर्माण गर्दै जाने नगर खेलकुद विकास समिति सदस्य विशाल अग्रवालले जानकारी दिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्