झापा , फागुन २९ । नेपाली राष्ट्रिय फुटबल टिमका कप्तान तथा गोलकिपर किरण चेम्जोङ भारतीय आईलीगमा उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

आईलीगमा पञ्जाब एफसीबाट खेलेका किरण आइतबार राति सम्पन्न लीगमा उत्कृष्ट गोलकिपर घोषित भएका हुन् । किरणको टिम पञ्जाबले एक खेल बाँकी हुँदै लिग उपाधि जितेको थियो । च्याम्पियन बनेसँगै किरणको टिम पञ्जाब इन्डियन सुपर लिग (आईएसएल)मा बढुवा भएको छ । आईलिगमा किरण यसअघि पनि उत्कृष्ट गोलकिपर चुनिएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्