झापा , फागुन ३० । झापा र मोरङ जिल्लाको सिमावर्ति क्षेत्रबाट भन्सार छलि अवैध रुपमा नेपाल भित्राउदै गरेको करिव १० लाख ५७ हजार बरावरको अवैध सामग्रीहरु प्रहरीले बरामद गरेको छ ।

सिमावर्ती क्षेत्रबाट हुने चोरी तस्करी नियन्त्रणमा खटिएको प्रहरी टोलीले भन्सार छलि चोरी निकासी गरी अवैध रुपमा नेपाल भित्राउदै गरेको अवस्थामा विभिन्न प्रकारका रेडिमेड कपडा, लेहेङगा साडी, थान कपडा, खाधान्नका सामाग्री र मोटरपार्टस लगायतका समानहरु प्रहरीले बरामद गरेको छ । झापा जिल्लाका विभिन्न स्थानहरुबाट ४ लाख ३० हजार रुपैयाँ बराबरको र मोरङ जिल्लाका विभिन्न स्थानहरुबाट ६ लाख २७ हजार रुपैयाँ बराबरको अवैध सामग्री प्रहरीले बरामद गरेको हो । बरामद गरिएका समानहरु आवश्यक कारवाहिको लागि सम्बन्धित भन्सार कार्यालयहरुमा बुझाईएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्