झापा , चैत्र ३ । पाँचथरको फिदिम-१० मा आयोजना गरिएको जिल्लास्तरीय १३ औं राष्ट्रपति रनिङ सिल्डमा फिदिम माध्यामिक विद्यालयले १५ वटा स्वणर् पदकसहित ऐतिहासिक सफलता हासिल गरेको छ ।

जिल्लाका ७ वटा स्थानीय तहका विद्यालय सहभागी रहेको प्रतियोगितामा फिदिम बिहीबार साँझ ढिला गरी सम्पन्न भएको प्रतियोगितमा नगरपालिकाले जितेका २० स्वणर्, १५ रजत र ४ कास्यमध्ये फिदिम मावि एक्लैले १५ स्वणर्, १३ रजत र ४ कास्य पदक हात पारेका हुन् । फिदिम माविले यो पदकसहित दोस्रोपटक राष्ट्रपति रनिङ सिल्ड जितेको हो । प्रतियोगितमा ११ स्वणर्, ५ रजत, ६ कास्य पदक जित्दै याङवर दोस्रो तथा ६ स्वणर्, ५ रजत र ३ कास्यसहित फाल्गुनन्द तेस्रो भयो । सहभागीमध्ये मिक्लाजुङले ६ स्वणर्, ३ रजत, ४ कास्य पदक जित्दै चौथो र ४ स्वणर्, ३ रजत र ४ कास्यको साथमा कुम्मायक गाउँपालिका पाँचौं भयो । प्रतियोगितामा फालेलुङले २ स्वणर् ४ रजत र २ कास्य पदक जित्यो । आठवटा स्थानीय तह रहेको पाँचथरको तुम्बेवा गाउँपालिका भने प्रतियोगितामा सहभागी भएन । कमजोर व्यवस्थापनबीच प्रतियोगिता आयोजना गरेको भन्दै आयोजकको आलोचना पनि भएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्