झापा, चैत ३ । माईखोलामा पौडी खेल्ने क्रममा इलाम १० की १४ बर्षीया एक बालिकाको डुबेर मृत्यु भएको छ ।
पौडी खेल्न गएका ५ बालबालिकामध्ये २ जना गहिरो दहमा फसेका थिए । राजदूवालीदेखि ३०० मिटर दक्षिणको खोलाको दहमा साथीहरुले उद्धारको प्रयास गर्दा एक जनालाई मात्र बचाउन सकेको र अर्की बालिका प्रतिक्षा मगरको डुबेर ज्यान गएको प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले बताए । उनले करिव दुई घण्टाको प्रयासपछि ती बालिकाको शव फेला पारेको जानकारी दिए ।
इलाममा आजदेखि कोरोनाविरुद्धको बुस्टर डोज लगाउने कार्यक्रम शुरु भएको छ । ती पाँचजना बालिकाहरु कोरोनाको खोप लगाएर खोलामा पौडी खेल्न गएका थिए ।