झापा, चैत ४ । संचार उद्यमी ध्रुवप्रसाद न्यौपाने , सहकारीकर्मी तुलाराम न्यौपानेलगायतलाई पितृशोक परेको छ ।

हिमशिखर टेलिभिजनका संचालक ध्रुवप्रसाद न्यौपाने , बचत तथा ऋण सहकारी संघ लि झापाका अध्यक्ष तुलाराम न्यौपानेलगायतका पिता श्रीप्रसाद न्यौपाने (शारदा गिरी) को गएराति १२.४० बजे ८५ वर्षको उमेरमा निधन भएको हो ।

न्यौपानेका ६ जना छोराछोरी रहेका छन् । संचार उद्यमी ध्रुवप्रसाद न्यौपाने , सहकारीकर्मी तुलाराम न्यौपानेसंगै होटल व्यबसायी संघ क्षेत्रीय समिति दमकका महासचिब तथा होटल महासंघ केन्द्रीय सदस्य भुपेन्द्र न्यौपाने र तुलसी न्यौपाने पनि छोरा हुन् । आज बिहान ९ बजे न्यौपानेको अन्त्येष्टि गरिने परिवारले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्