मेचीनगर, चैत ४ । नेकपा माओवादी केन्द्रका केन्द्रीय उपमहासचिव गिरिराजमणि पोख्रेलले पार्टीले जनताको मुद्दा, सडक र सदनलाई ब्यवस्थित गर्ने अभियान लिएर आएको बताएका छन् ।

‘संगठन सुदृढीकरण तथा जनसम्बन्ध विस्तार अभियान’लाई मेचीनगरमा उद्घाटन गरेपछि सम्बोधन गर्दै स्कुल विभाग प्रमुखसमेत रहेका नेता पोख्रेलले त्यस्तो बताएका हुन् ।

जनताको समस्याको साझेदारको रुपमा माओवादी केन्द्रले अभियान शुरु गरेको जानकारी दिँदै जनतासंग टुटेको सम्बन्धलाई सुधार गर्दै अघि बढ्ने बताए ।‘ प्रत्येक नागरिकको स्वतन्त्रता छ ’नेता नेता पोख्रेलले भने, ‘नागरिकबीचको असमानताको खाडललाई पुर्नका लागि अभियान सार्थक हुनेछ, त्यसका लागि केन्द्र, प्रदेश, जिल्ला र वडास्तरका नेताको चरित्र सच्चिन जरुरी छ ।’
संबिधानसभा सदस्य पोख्रेलले उत्पीडनमा परेका, विभेदमा रहेका मात्रै होइन, नागरिकको दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्दै भ्रष्टाचारसहित समाज निर्माण गर्न माओवादीका कार्यकर्तालाई तयार हुनसमेत निर्देशन दिएका छन् ।प्रतिगामी शक्तिलाई परास्त गर्न जनताबाट आएको उपलब्धीलाई शिरोधार्य गर्दै पार्टीले रूपान्तरण खोजेको उनको भनाई थियो ।

माओवादी केन्द्रका केन्द्रीय सदस्य एवम् प्रदेशका निवर्तमान कृषिमन्त्री झलकसिंह दर्लामीले जनताबीच बिश्वास जगाउने गतिविधि गर्दै पार्टी रुपान्तरण अभियानमा जुटेको स्पष्ट पारे । नेपालमा नयाँ संबिधान निर्माणपछि प्राप्त उपलब्धी र शान्ति प्रक्रियालाई संस्थागत गर्न वर्तमान सरकार एक ठाउँमा रहेकोसमेत जानकारी दिए ।

कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य हरि राना, मेचीनगरका अध्यक्ष नरेन्द्र मेचे, अपूर्व डाँगीलगायत नगर र गाउँपालिकाका अध्यक्ष र इन्चार्जले पार्टी अवस्था, जनगुनासो र प्रतिवद्धता व्यक्त गरेका थिए । मेचीनगरका अध्यक्ष राजन चिमरियाले नगरको राजनीतिक अवस्थाको कार्यपत्र पेश गरेका थिए ।ज्योतिसिंह दर्लामीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा इन्दिरा कार्कीले स्वागत र सुरेश बराइलीले संचालन गरेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्