झापा , चैत्र ५ । विराटनगरमा कोसी प्रदेश नामकरण भएको विरोधमा पहिचान पक्षधरहरूले निषेधाज्ञा तोडेको छन् ।

प्रदर्शनकारी निषेधाज्ञा तोडेपछि प्रहरीले प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । आइतबार प्रहरीले प्रदर्शकारीमाथि लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको छ । प्रहरीले निषेधाज्ञा तोडेपछि अश्रुग्यास प्रहार गरेको हो । पहिचान पक्षधरहरूले प्रादेशिक राजधानीमा बृहत् प्रदर्शन गर्ने घोषणा गरेकाले प्रशासनले विराटनगरका मुख्य स्थानमा आइतबार बिहानदेखि अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्