झापा, चैत ५ । गौरादह कृषि क्याम्पसपछि गौरीगञ्ज बहुमुखी क्याम्पसमा पनि अनेरास्ववियुको प्यानल नै विजयी भएको छ।

अनेरास्ववियुका तर्फबाट अध्यक्ष पदमा उम्मेदवारी दिएका ईस्तव हुसेनले ११८ मत ल्याई प्यानलसहित विजयी हासिल गरेका हुन् । उनका प्रतिद्वन्द्वी नेपाल विद्यार्थी संघका रोशन यादवले मात्र ६८ मत पाएका छन् । त्यस्तै सचिवमा अनेरास्ववियुका निरबहादुर प्रधान १०८ , कोषाध्यक्षमा निरज माझी १०४, सदस्यहरुमा ममताकुमारी राजवंशी १०६, समीक्षा कटुवाल ९८ र कृष्णप्रसाद गन्गाई ९८ मत ल्याई निर्वाचित भएका छन् ।

गौरीगञ्ज बहुमुखी क्याम्पसमा नेविसंघ र अखिल क्रान्तिकारीबीच तालमेल भएको थियो । गौरीगञ्ज बहुमुखी क्याम्पसको स्ववियुमा यसअघि नेविसंघले अध्यक्ष जितेको थियो । आइतवारको निर्वाचनमा गौरीगञ्ज क्याम्पसमा कुल २०० मतदातामध्ये १८६ अर्थात ९३ प्रतिशत मत खसेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्