झापा, चैत ६ । मेचीनगरको त्रिदेव क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा अध्यक्ष पद नेपाल विद्यार्थी संघले जितेको छ ।

नेपाल विद्यार्थी संघले अध्यक्ष , सचिव र दुईवटा सदस्य पद जितिरहँदा अनेरास्ववियुले कोषाध्यक्षसहित पाँचवटा सदस्य पदमा विजय हासिल गरेको छ । अध्यक्षमा नेविसंघका अर्जुन गौतम २८१ , सचिवमा नेविसंघका मनिराज विष्ट ३०६ , कोषाध्यक्षमा अनेरास्ववियुका इश्वर रिजाल ३२२ , सदस्यहरुमा भूगोल भट्टराई अनेरास्ववियु २९७ , दावा तामाङ ३२५ , हरि पौडेल अनेरास्ववियु २६१ , मदन चिमरिया अनेरास्ववियु २९३ , कैलाश रेग्मी अनेरास्ववियु २९६ , सृजल अर्याल नेविसंघ ३४१ र रोशन पोखरेल नेविसंघ ३०६ मतसहित विजयी भएका छन् ।

त्यस क्याम्पसमा नेविसंघ र राप्रविसंको संयुक्त प्यानलसंग अनेरास्ववियुले एक्लै चुनाव लडेको थियो । नेविसंघसंग तालमेल गरेका राप्रविसंका उम्मेदवारहरुले भने पराजय व्यहोरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्