झापा, चैत ६ ।झापा कचनकवलको बनियानीमा रहेको गोल्डेन फ्यूचर स्कूलका प्रिन्सिपलले विद्यार्थीहरुलाई फलामको डन्डीले पिटेका छन् ।

कक्षा १० मा पढ्ने ३ जना विद्यार्थीहरुलाई प्रिन्सिपल युवराज काफ्लेले फलामको डन्डीले पिटेका हुन् । हिजो परीक्षा शुरु हुनुभन्दा ३० मिनेट अगाडी विद्यालय प्रार्थनामा सबै विद्यार्थीहरुको अगाडी उनले फलामको डन्डीले घाइते हुने गरी पिटेको र परीक्षा पनि दिन नदिएर लठ्ठी प्रहार गरी विद्यार्थीलाई विद्यालय निकाला गरेको अभिभावकहरुले बताएका छन् ।

विद्यालयबाट १० बजे बिहान निष्कासित घाइते विद्यार्थीहरु साँझ ५बजेसम्म पनि घर नपुगेपछि अभिभावकहरुले विद्यार्थीहरुको खोजी गरेका थिए। प्रिन्सिपल काफ्लेलाई सम्पर्क गर्दा पनि सम्पर्कमा नआउने र ‘जे गर्छौ गर तिमीहरुका छोराहरु मरेकै ठिक’ भन्ने जवाफ पाएपछि अभिभावकहरुले इलाका प्रहरी कार्यालयमा राति ८ बजे निवेदन दिएका छन्। ती तीनै जना विद्यार्थीहरुलाई ६ दिनअघि पनि त्यही प्रिन्सिपल काफ्लेले फलामले कुटेका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्