झापा, चैत ६ । बिर्तामोडस्थित कन्काई आदर्श क्याम्पसमा सम्पन्न स्ववियु निर्वाचनमा नेपाल विद्यार्थी संघको प्यानल नै विजयी भएको छ ।

अनेरास्ववियु र राप्रविसंको संयुक्त प्यानलका तर्फबाट अध्यक्ष बनेका गणेश न्यौपाने (पुकार)लाई ६३७ मतको फराकिलो अन्तरले पराजित गरी नेविसंघका गुरुङ प्यानलसहित निर्वाचित भएका हुन् । नेविसंघका गुरुङले ७६५ मत ल्याउँदा न्यौपानेले मात्र १२५ मत पाएका छन् । निर्वाचित हुने नेविसंघका तर्फबाट सचिवमा विमल कट्टेल ७०६ ,कोषाध्यक्षमा सम्पदा पोख्रेल ७५३ तथा सदस्यहरुमा साजन लिम्बू ७६९ , इशान ओली ७५४, रोशन कार्की ७७५, दिव्यकला कार्की ७६१, कुशल खनाल ७५०, मनिष कोइराला ७३८, विधान लिम्बू थेवे ७४२ र रोहित काफ्लेले ६९३ मत ल्याएका छन् ।

कन्काई आदर्श क्याम्पसमा अध्यक्षमा चारजनाले उम्मेदवारी दिएका थिए । अध्यक्षमा अखिल क्रान्तिकारीका लक्ष्मण थापाले ३२ र स्वतन्त्र उम्मेदवार विशाल पौडेलले १६ मत पाएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्