एजेन्सी । सन् २०२१ को अप्रिलपछि पेरिस सेन्ट जर्मेन पहिलोपटक आफ्नो घरेलु मैदानमा पराजित भएको छ ।

आइतबार राति भएको खेलमा रेनले पीएसजीलाई यो सिजनमा दोस्रोपटक पराजित गर्न सफल भएको हो । पाहुना टोलीले दुई हाफमा एक-एक गोल गरेको थियो । कार्ल टोको एकाम्बीले रेनलाई अग्रता दिलाए भने अर्नाउड कालिमुएन्डोले अग्रता दोब्बर बनाए । पराजयसँगै पार्क डेस प्रिन्सेसमा पीएसजीको लिगमा ३५ खेलको अपराजित यात्रामा पूणर्विराम लागेको छ । पराजयका बाबजुद क्रिस्टोफर गाल्टियरको टोली शीर्ष स्थानमा ७ अंकले अघि रहेको छ । टोली पछिल्ला १३ वर्षमा ११ औँ उपाधि जित्ने होडमा रहेको छ । २८ खेलपछि पीएसजीको ६६ अंक रहेको छ । दोस्रो स्थानमा रहेको मार्सेको ५९ अंक छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्