झापा, चैत्र ६ । पछिल्लो समय खाना पकाउने ग्यासको खपत निरन्तर घट्ने क्रममा रहेको छ ।

पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका कारण विद्युतीय चुलोको प्रयोग बढेसँगै खाना पकाउने ग्यासको खपत घटेको हो । नेपाल आयल निगमका अनुसार गत आर्थिक वर्षको सात महिना अर्थात साउनदेखि माघसम्म ३ लाख ९ हजार ८ सय १३ मेट्रिक टन ग्यास खपत भएको थियो । तर, चालु आर्थिक वर्षको सोही अवधिमा २ लाख ९४ हजार २ सय १८ मेट्रिक टन ग्याँसमात्रै खपत भएको छ । जुन गत आर्थिक वर्षको भन्दा ५ प्रतिशत कम हो । निगमका अनुसार विगतका वर्षहरुमा खाना पकाउने ग्याँसको खपत वर्षिक रुपमा १० देखि १५ प्रतिशतले बढ्ने गरेको थियो । तर, चालु आर्थिक वर्षमा भने पछिल्लो सात महिनामा ग्याँसको खपत ५ प्रतिशतले घटेको निगमको तथ्यांकमा उल्लेख छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्