झापा , चैत्र ६ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्की चढेको गाडीमा तोडफोडको प्रयास भएको छ ।

सोमबार सिद्धिचरण नगरपालिका ११ गोरूमारे भन्ज्याङमा आन्दोलनकारीले तोडफोडको प्रयास गर्नुका साथै मन्त्रीको गाडीमा प्रयोग हुने झण्डासमेत झिकिदिएका हुन् । कोशी प्रदेश नामांकनको विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले मुख्यमन्त्रीलाई कालो झण्डासमेत देखाएका थिए । कोशी प्रदेश नामकरणको विरोध गर्दै नेपाल आदिवासी जनजाति महासंघ, किरात राई यायोक्खा लगायत पदाधिकारीहरुले मुख्यमन्त्री विरूद्ध प्रदर्शन गर्दै आएका छन् । मुख्यमन्त्री कार्की भने आइतबारदेखि ओखलढुङ्गामा छन् । सोमबार उनी सिद्धिचरण नगरपालिका १ मा एक कार्यक्रमका लागि हिँडेका बेला अवरोधसहित उनी सवार गाडीमा तोडफोड प्रयास भएको हो । कोशी प्रदेशका विभिन्न स्थान साथै संघीय राजधानी काठमाडौंमा पनि पहिचान पक्षधरहरूले कोशी नामकरणको विरोध गर्दै आएका छन्।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्