दमक, चैत ७ । दमक बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेपाल विद्यार्थी संघ विजयी भएको छ ।

गएराति १०.४० बजे सम्पन्न अन्तिम मतपरिणाम अनुसार सभापतिमा नेविसंघका सोबिम न्यौपाने १०४३ मत ल्याई विजयी भएका हुन् ।
उनका प्रतिद्धन्दी नेकपा एमालेनिकट अनेरास्ववियूका केन्द्रीय सदस्य समेत रहेका निशेष राईले ९३४ मत प्राप्त गरेका थिए । योसंगै नेविसंघ विगत तीन पटकको स्ववियूमा आफनो जीतलाई कायम राख्न सफल भएको छ ।
निर्वाचन अधिकृतको कार्यालयका अनुसार स्ववियू सचिव पदमा नेविसंघका दिपक लिम्बू १०५७ मत ल्याई विजयी भए भने उनका प्रतिद्वन्द्वी अनेरास्वियूका रबिन ढकालले ८४१ मत प्राप्त गरे । कोषाध्यक्षमा भने अखिल क्रान्तिकारीकी उमा राई विजयी बनेकी छन् । उनले १०५७ मत पाउँदा उनका प्रतिद्वन्द्वी रबिन अधिकारीले ८५७ मत पाएकाछन् । यसैगरी, खुला सदस्यतर्फ दुवै प्यानलका ४ – ४ जना विजयी भएका छन् ।
नेविसंघ प्यानलबाट सायन राई (१००४ ), हेमन्त सिटौला (९४८ ) ,सविन गौतम (९६९ ) र हिमांसु जयसवाल (९४७ ) मत ल्याई विजयी भए भने अनेरास्ववियू प्यानलबाट संजय राई (९२३ ), अनिस राई (९४६ ), भिष्महाङ सम्बाहाम्फे (९१९ ) , निसाम अधिकारी ( ९२९ ) विजयी भएका छन् ।
क्याम्पसमा ३३ सय ८ मतदाता रहेकोमा २ हजार ५२ मत खसेको थियो ।

निर्वाचनमा नेविसंघसहित जसपाको समाजवादी विद्यार्थी युनियन, नेकपा (एकिकृत समाजवादी ) निकट अनेरास्ववियु ,अनेरास्ववियु अखिल छैठौ र नेकपा (विप्लव ) निकटको अनेरास्ववियु (क्रान्तिकारी ) को संयुक्त गठबन्धन थियो भने एमाले अनेरास्ववियूहित माओवादी निकट अखिल, राप्रपा निकट राप्रविसंगठनवीच गठबन्धन बनेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्