एजेन्सी । इन्टरनेट ‘जायन्ट’ अमेजनले थप नौ हजार कर्मचारी कटौती गर्ने भएको छ ।

सीईओ एन्डी जेस्सीले सोमबार लेखेको एक ‘मेमो’मा कम्पनीले यसको अमेजन वेब होस्टिङ, ट्विच गेमिङ डिभिजन, विज्ञापन र पीएक्सटी विभागका कर्मचारीले रोजगारी गुमाउने उल्लेख छ । गएको जनवरीमा अमेजनले १८ हजार कर्मचारी कटौती गरेको थियो । अमेजन विश्वको सबैभन्दा ठूलो रोजगार प्रदायकमध्येको कम्पनी हो । विश्वभर यसका एक करोड ५० लाखभन्दा बढी कर्मचारी छन् । अमेजनले गुगलको भन्दा करिब सात गुणा बढी रोजगारी दिइरहेको छ । गुगलले दुई महिनअघि १२ हजार कर्मचारी कटौती गरेको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्