झापा , चैत्र ८ । झापामा बोलेरो गाडीको ठक्करबाट एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा कमल गाउँपालिका-५ निवासी ४० वर्षीय चन्द्रबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीका अनुसार मंगलबार राति १०ः१५ बजेको समयमा पूर्व-पश्चिम राजमार्गअन्तर्गत कमल-४ स्थित सितापुरीमा मे १ ज १९४२ नम्बरको बोलेरो गाडीले ठक्कर दिँदा राईको मृत्यु भएको थियो । दुर्घटना गरी फरार रहेका बोलेरो चालक इलाम नगरपालिका-२ निवासी ३२ वर्षीय पेम्बा तामाङलाई प्रहरीले बुधवार बिहान बिर्तामोडस्थित बसपार्कबाट नियन्त्रणमा लिएको थियो । गाडीसहित चालक तामाङलाई आवश्यक कारबाहीका लागि प्रहरी कार्यालयमा राखिएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्