झापा , चैत्र ८ । चार दिनसम्मको निरन्तरको वर्षापछि जिल्लाका उच्च पहाडी र लेकाली क्षेत्रमा मंगलबार राति हल्का हिमपातभएको छ ।

गुराँस फुल्न सुरु गरेको तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रको जंगल र लेकाली पहाडमा हिउँ परेको छ । हिउँले डाँडाकाँडा सेताम्मे देखिएका छन् । हिमपात भएपछि आन्तरिक पर्यटक टीएमजे क्षेत्रमा पुगिसेका छन् । हिउँ खेल्नका लागि केही हुल युवाहरु धरानबाट तीनजुरे आएको स्थानीय होटल व्यवसायी रमेश बुढाथोकीले बताए । तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमा तीनजुरे मिल्के जलजले क्षेत्रका उच्च पहाडमा हिउँ जमेको तीनजुरे डाँडाबाट प्रस्टै देखिन्छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्