एजेन्सी । भारतको गुजरातस्थित सुरत जिल्ला अदालतले कांग्रेसका नेता राहुल गान्धीलाई मानहानिको मुद्दामा दोषी ठहर गरेको छ ।

सन् २०१९ मा एक राजनीतिक सभामा ‘किन सबै मोदी थर भएका व्यक्ति चोर हुन्छन्’ भन्ने अभिव्यक्ति दिएका थिए । सोही अभिव्यक्तिका आधारमा उनलाई मानहानिको मुद्दामा दोषी ठहर गरिएको हो । भारतीय जनता पार्टीका गुजरातका पूर्वमन्त्री पुर्नेश मोदीले गान्धीले दिएको सो अभिव्यक्तिले मानहानि भएको भन्दै उजुरी दायर गरेका थिए । दोषी ठहर भए पनि हालसम्म उनलाई कुनै सजाय तोकिएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्