एजेन्सी । सुरतको तल्लो अदालतले आपराधिक मानहानि मुद्दामा कांग्रेस नेता राहुल गान्धीलाई दुई वर्षको जेल सजाय सुनाएको छ ।

सन् २०१९ को यो घटनामा राहुल गान्धी दोषी ठहर भएका छन् । यद्यपि अदालतले फैसला सुनाएपछि उनलाई जमानत दिएको छ । भारतीय दण्ड संहिताको धारा ४९९ ले आपराधिक मानहानिको मुद्दामा अधिकतम दुई वर्षको सजायको व्यवस्था गरेको छ । सन् २०१९ को यो मामिला उनको ‘मोदी उपनाम’ को बारेमा गरेको टिप्पणीसँग सम्बन्धित छ । मुद्दाको सुनुवाइका क्रममा राहुल गान्धी बिहीबार सुरत अदालतमा उपस्थित थिए । राहुल गान्धीले बयान दिएका थिए, ‘सबै चोरहरूको उपनाम मोदी कसरी हुन्छ ?’

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्