एजेन्सी । बेलायतको संसद्ले सुरक्षा चिन्ताका कारण चीनको सामाजिक सञ्जाल एप टिकटकमाथि प्रतिबन्ध लगाएको छ ।

अब संसद्को वाईफाइ नेटवर्कबाट यसको प्रयोग गर्न पाइने छैन । एक प्रवक्ताले बेलायत सरकारले सुरक्षा समीक्षा पछि निणर्य गरेको जानकारी दिएका छन् । मन्त्रीहरूले आफ्नो फोनमा यो एप प्रयोग गर्न नसक्ने उनले बताएका छन् । धेरै सांसदहरुले यो एप प्रयोग गर्ने गरेको उनले बताए । यसका साथै कर्मचारीलाई दिएको उपकरणबाट पनि टिकटक हटाइनेछ । टिकटकले आफ्ना प्रयोगकर्ताहरूको डाटा चिनियाँ सरकारलाई दिने आरोप खण्डन गरेको छ । कम्पनीले आफ्नो विज्ञप्तिमा संसद्को यो निणर्यलाई गलत धारणामा आधारित भएको जनाएको छ । यो प्रतिबन्ध लगत्तै संसद्मा आउने सबै सांसद तथा अतिथिहरूले संसद्को वाई फाइ नेटवर्कबाट आफ्नो डिभाइसमा टिकटक चलाउन पाउने छैनन् । यद्यपि, उनीहरूले आफ्नो मोबाइल डाटा चलाएर भने आफ्नो फोनमा टिकटक प्रयोग गर्न सक्षम हुनेछन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्