झापा, चैत १२ । पाहुना टोली भुटानको ड्रक लयुल फुटबल क्लबलाई स्तब्ध पार्दै साविक विजेता सशस्त्र प्रहरी बल (एपीएफ) सातौं संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरस्थित सहिद मैदानको फ्लड लाईटमा गएराति भएको तेस्रो क्वाटरफाइनल खेलमा भुटानलाई २–१ गोलले हराउँदै एपीएफले अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
जितको लागि एपीएफका तर्फबाट युवराज खड्का र अरमान्द्र वेडमले गोल गरेका थिए । भुटानका तर्फबाट सान्त्वना गोल फोफोना इब्राहीमले फर्काए ।

जितसँगै एपीएफले फाइनल प्रवेशका लागि अन्तिम क्वाटरफाइनल खेलको विजेतासंग प्रतिष्पर्धा गर्नुपर्नेछ । अन्तिम क्वाटरफाइनल खेल आज भारतको लुका सकर र ए डिभिजन टिम संकटा क्लबबीच हुँदैछ । ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्