झापा , चैत्र १३ । कोसी प्रदेश सरकारले प्रदेश नामकरणका विषयमा भएको विरोध प्रदर्शनका क्रममा मृत्यु भएका लाजेहाङ लिम्बू (पदम लिम्बू)को परिवारलाई राहतस्वरूप तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को आज बसेको बैठकले नेपाल सरकारद्वारा गठित छानबिन समितिलाई सहजीकरण गर्ने र मृतकका परिवारलाई राहत दिने निर्णय गरेको मुख्यमन्त्री हिक्मतकुमार कार्कीका प्रेस सल्लाहकार महेन्द्र विष्टले जानकारी दिए । बैठकले अर्को व्यवस्था नहुन्जेलसम्मका लागि कलबलगुडी झापाको निर्देशकका रूपमा प्रदेश सचिव कृष्ण सापकोटालाई तोक्ने निर्णय गरेको छ । साथै, पर्यटन, वन वातावरण मन्त्रालयद्वारा पेस गरिएका दुई संशोधन विधेयक प्रदेश वातावरण संरक्षण ऐन, २०७६ र प्रदेश वन ऐन, २०७७ लाई प्रदेशसभामा पेस गर्न स्वीकृति प्रदान गर्ने निर्णय बैठकले गरेको छ । बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयद्वारा पेस गरिएको समपूरक अनुदान कार्यविधि संशोधन प्रस्ताव पारित गर्ने समेत निर्णय गरेको छ । बैठकले प्रदेश नामकरणमा भूमिका खेल्ने प्रदेशसभा सभामुख, उपसभामुख, प्रदेशसभा सदस्य, प्रदेशसभा सचविालय, प्रदेशसभामा उपस्थति सम्पूर्ण राजनीतकि दललाई धन्यवाद ज्ञापन गर्दै कोसी प्रदेशवासीलाई हार्दिक बधाई ज्ञापन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्