झापा , चैत्र १४ । सिकार खेल्ने क्रममा भरुवा बन्दुकको छर्रा लागेर एकजनाको मृत्यु भएको छ ।

आठराई त्रिवेणी गाउँपालिका-३ हाङपाङमा सिकार खेल्ने क्रममा ५८ वर्षीय ललित गुरुङको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक कुशराम कार्कीका अनुसार सिकार खेल्न सँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थलमै मृत्यु भएको हो । सोमबार राति करिब १० बजे कालिदह जङ्गलमा सिकार खेल्ने क्रममा बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्