झापा , चैत्र १४ । धनकुटा नगरपालिका-७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा आज बिहान आगलागी भएको छ ।

बिहान करिब ६ः४५ बजे सुरु भएको आगलागीबाट छापाखानाको मेसिन लगायतका सामग्री क्षति पुगेको प्रहरीले जनाएको छ । धनकुटा नगरपालिकाको दमकल, प्रहरी, स्थानीयबासीको पहलमा आधा घण्टामा आगो नियन्त्रणमा आएको थियो । स्थानीय राधा लिम्बूको घरमा सञ्चालित उक्त छापाखानामा विद्युत सट भएर आगलागी भएको जनाइएको छ । आगलागीबाट करिब ५५ लाख बराबरको क्षति पुगेका प्रहरीको अनुमान छ । छापाखानाबाट जनविश्वास साप्ताहिक लगायत अन्य प्रकासनका काम हुने गरेको सञ्चालक सञ्जयसन्तोषी राईले बताए । आगोले छापाखानाको सम्पूणर् मेसिन र कम्प्युटर लगायतका सामाग्री जलेर क्षति पुगेको छ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्