झापा , चैत्र १४ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहालविरूद्ध नारा लगाएको आरोपमा पक्राउ परी थुनामा रहेका युवालाई तत्काल रिहा गर्नुपर्ने बताएका छन् ।

सामाजिक सञ्जालमा उनले लोकतान्त्रिक गणतन्त्रमा विरोध गर्नेको मुख थुन्न या थुनामा राख्न नमिल्ने बताएका हुन् । ‘प्रहरीले युवाको मुख थुनिरहेको दृश्य दुःखद र आपत्तिजनक थियो । सम्माननिय प्रधानमन्त्रीज्यू ! आफू विरुद्ध नारा लगाएका युवालाई तत्काल रिहा गर्न/गराउन अविलम्ब पहलको माग गर्दछु’, शर्माले लेखेका छन्। गत मंगलबार बानेश्वरमा प्रधानमन्त्री सहभागी एक कार्यक्रममा सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङ सोम शर्माले प्रधानमन्त्रीविरूद्ध नाराबाजी गरेका थिए । उनीहरूलाई प्रहरीले पक्राउ गरेको थियो । आइतबार जिल्ला प्रशासन कार्यालयले अभद्र व्यवहारको कसुरमा ५ हजार रुपैयाँ धरौटीमा रिहा हुन आदेश दिएको थियो । तर धरौटी नतिरेपछि उनीहरू अहिले कारागार चलान भएका थिए ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्