झापा , चैत्र १४ । प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डविरुद्ध नाराबाजी गर्ने तीन युवक प्रतिव्यक्ति पाँच हजार रुपैयाँ धरौटीमा रिहा भएका छन् ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी देवी पाण्डे खत्रीका अनुसार अघिल्लो साता पक्राउ परेका तीनैजनाले प्रशासनमा धरौटीबापतको रकम बुझाएर रिहा भएका हुन् । तीनैजनाविरुद्ध अभद्र व्यवहारमा मुद्दा चलाइएको छ । उनीहरुलाई शुक्रबार प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले पाँच हजार धरौटीमा रिहा गर्न आदेश दिएका थिए । सोहीअनुसार सोमबार धरौटीबापत रकम बुझाएर उनीहरु छुटेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्