एजेन्सी । कतार विश्वकपको उपाधि जितेपछि अर्जेन्टिनी टिमका कप्तान लियोनल मेसीलाई सम्मान गरिने क्रम अझै जारी छ ।

सम्मानकै क्रममा सोमबार दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय कन्मेबोलले अर्जेन्टिनी कप्तान मेसीको प्रतिमा सार्वजनिक गरेको छ र सोमबार सार्वजनिक भएको उक्त प्रतिमालाई कन्मेबोलको संग्रहालयमा ‘महान् खेलाडी’ पेले र म्याराडोनासँगै राखिने भएको छ । कन्मेबोलले कोपा लिबरटाडोरेसको ‘ड्र’ अघि मेसी र अर्जेन्टिनी टिमलाई सम्मान गरेको हो । कार्यक्रममा अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीलाई पनि सम्मान गरिएको थियो । “हामी अहिले निकै सुन्दर र विशेष समयमा बाँचिरहेका छौँ । सबैबाट निकै माया पाइरहेका छौँ,” कार्यक्रममा मेसीले भने, “त्यो दक्षिण अमेरिकी टिमले पुनः एकपटक विश्वकपको उपाधि उचालेको समय थियो ।” कतार विश्वकपपछि खेलेको पहिलो खेलमा अर्जेन्टिनाले बिहीबार अन्तर्राष्ट्रिय मैत्रीपूणर् फुटबलमा पानामालाई २-० ले पराजित गरेको थियो । पानामाविरुद्ध एक गोल गरेका मेसीले उक्त गोलसँगै राष्ट्र र क्लबका लागि ८००औँ गोल पूरा गरेका थिए । लियोनल स्कालोनीको टिमले मंगलबार क्युराकाओविरुद्ध खेल्दै छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्