झापा , चैत्र १५ । प्रधानमन्त्री थ्री नेसन्स कप फुटबलको दोस्रो खेलमा नेपालले भुटानसँग बराबरीमा खेल्दै फाइनलमा पुगेको छ ।

दशरथ रङ्गशालामा साँझ भएको खेलको १८ औं मिनेटमा तेन्जिन नोर्बुले भुटानका लागि गोल गरेका थिए । पहिलो हाफमा केही प्रयास गरे पनि नेपालले भुटानविरुद्ध गोल गर्न सकेन । सब्सटिच्युट खेलाडी दीपक राजसिंह ठकुरीले इन्जुरी समयमा बराबरी गोल फर्काउँदा भुटानसँग हारबाट जोगिँदै नेपाल फाइनल पुगेको हो । नेपालले आफ्नो पहिलो खेलमा लाओसलाई २-० गोलले हराएको थियो । यता भुटानने पहिलो खेलमा लाओससँग २-१ को हार खेपेको थियो । नेपालले ४ र लाओसले तीन अङ्क बनाएका छन् । भुटान १ अंक जोडेसँगै खेलबाट बाहिरिएको छ । सिङ्गल राउन्ड रोबिन लिगका आधारमा सञ्चालित प्रतियोगितामा नेपाल र लाओसबीच चैत १७ गते फाइनल खेल हुनेछ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्