झापा, चैत्र १६ । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेटको उपाधिका लागि एपीएफ कोशी प्रदेशलाई १ सय ५५ रनको लक्ष्य दिएको छ ।

यो ललितपुर मेयर्स कपको नै सर्वाधिक ठूलो योगफल हो । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले २० ओभरमा १ विकेट गुमाएर १ सय ५४ रन बनाएको छ । एपीएफका लागि ओपनर तथा कप्तान सीता राना मगरले ७९ रनको अर्धशतकीय ईनिङ खेलिन् । यस्तै इन्दु बर्माले ५१ रनको अर्धशतकीय इनिङ खेलिन् । सीता र इन्दुबीच दोस्रो विकेटका लागि १ सय ३६ रनको साझेदारी भयो । कोशीका लागि अलिसा खडियाले १ विकेट लिइन् । अपराजित रुपमा फाइनलमा स्थान बनाएको एपीएफले समूह चरणको खेलमा कोशी प्रदेशलाई ७ विकेटले पराजित गरेको थियो । कोशीले अहिले जवाफी ब्याटिङ गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्