झापा, चैत १६ । भारतबाट नेपालतर्फ आउँदै गरेका ललितपुरका एक व्यक्ति प्रतिबन्धित लागूऔषध ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा ललितपुर महानगरपालिका वडा नं.१३ स्थायी ठेगाना भई हाल मोरङ लेटाङ नगरपालिका वडा नं.३ बस्ने ४६ वर्षिय विशाल शर्मा रहेका छन् ।

बिहीवार बिहान ८ बजेको समयमा मेचीनगर नगरपालिका वडा नं.५ नकलबन्दा टोलमा ईलाका प्रहरी कार्यालय नकलबन्दा, सशस्त्र प्रहरी बल आउट पोष्ट नकलबन्दाबाट खटिएको संयुक्त प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका शर्मालाई शंका लागेर शरीर खानतलासी गर्दा उनको साथबाट १० ग्राम ब्राउनसुगर , रु २८हजार ६१५र मोवाईल १ थान फेला परेको थियो । उनलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्