झापा, चैत १६ । रामनवमी पर्वको अवसरमा मारवाडी युवा मञ्च बिर्तामोडको आयोजनामा र्याली सम्पन्न भएको छ ।

अग्रसेन भवनको बालाजी मन्दिरको प्राङ्गणमा झाँकीसहितको ‘श्री राम’ मोटरसाइकल तथा कार र्याली निकालिएको थियो । र्यालीमा मोटरसाइकल , कार , ट्रकसंगै विरामी बोक्ने एम्बुलेन्स पनि प्रयोग गरिएको थियो । र्यालीका सहभागीहरुलाई मुस्लिम युवाहरुले पानी वितरण गरेका थिए ।

पश्चिमी सभ्यतातिर गइरहेको संस्कारलाई निरुत्साहित गरि आफ्नै चाडपर्वलाई जगेर्ना गर्ने उद्धेश्य लिएर गत बर्षदेखि मारवाडी युवा मञ्चले विभिन्न कार्यक्रम गर्दै आएको मारवाडी युवा मञ्चका क्षेत्रीय संयोजक यज्ञराज अग्रवालले बताए ।

बिर्तामोडको बालाजी मन्दिरबाट शुरु भएकोे र्याली बिर्तामोड परिक्रमापछि बालाजी मन्दिरमै आएर समापन भएको थियो ।

१ प्रतिक्रिया

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्