झापा, चैत्र १९ । मेचीनगर नगरपालिका–६ स्थित पुरानो मेची पुलबाट ४ ग्राम ब्राउनसुगरसहित एकजना पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिका-५ बस्ने २६ वर्षीय अर्जुन सुब्बालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्