झापा , चैत्र २० । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो नागरिकता र राहदानी विवाद न्यायिक प्रक्रियाबाट टुंगो लागिसकेको बताएका छन्।

प्रतिनिधि सभा सदस्यका लागि चितवन-२ मा मनोनयन दर्ता गर्दै लामिछानेले न्यायिक प्रक्रियाबाट सबै विवाद टुंगो लागिसकेका कारण समस्या नआउने बताएका हुन् । लामिछानेविरूद्ध युवराज सफलले सर्वोच्चमा दायर गरेको रिट निवेदनबारे पत्रकारले सोधेको प्रश्नमा आफूले सन् २०१८ मा नै अमेरिकी नागरिकता त्यागिसकेको र त्यस सम्बन्धमा सर्वोच्च अदालतले गरेको फैसलाको पूणर्पाठमा पनि उल्लेख रहेको बताउँदै समस्या नआउने बताए । ‘सिध्याउने नै नियत राखेर भएभरका शक्ति लागे भने बेग्लै कुरा भयो,’ उनले भने। लामिछानेले आफ्नै पार्टीको विचार, नीति र सिद्धान्तको बलमा चुनाव लड्ने र कसैसँग गठबन्धन नगर्ने बताए । उनले विपक्षीसँग मित्रवत् प्रतिस्पर्धा गर्ने बताउँदै अन्य दलका उम्मेदवारहरूलाई धन्यवाद समेत दिएका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्