झापा , चैत्र २० । मोरङको विराटनगरनजिकैको भारतीय बजार जोगबनीमा गोली हानाहान भएको छ ।

सीमावर्ती नेपाल-भारतको दरैया नाकानजिकै जोगबनी-४, टिकुलिया बस्तीमा गोली हानाहान भएको हो । घटनामा एक भारतीय नागरिक घाइते भएका छन् । सोमबार बिहान भारतीय लागूऔषध कारोबारीबीच गोली हानाहान भएको बताइएको छ । घटनामा टिकुलिया बस्तीका ३७ वर्षीय अंकित सिंह घाइते भएका छन् । मुखमा गोली लागेको उनको विराटनगरस्थित विराट नर्सिङ होममा उपचार भइरहेको छ । गोली प्रहार गर्ने र घाइते दुवै लागूऔषध कारोबार गर्ने गिरोेहका सदस्य रहेको खुल्न आएको नेपाल प्रहरी स्रोतले जनाएको छ । जोगबनी घरायसी सरसामान किन्न धेरै नेपाली पुग्ने बजार हो । विगतमा यस किसिमका घटना भइरहने जोगबनी पछिल्लो समय शान्त थियो।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्