झापा, चैत २० । नेपाली टु ह्विलर मार्केटको टेक्नोलोजी च्याम्पियन्सका रुपमा स्थापित टीभीएसले नयाँ बर्षमा आकर्षक अफरहरु लिएर आएको छ ।

गुणस्तर र टेक्नोलोजी फ्रेन्डली मोटरसाइकल उत्पादनमा सँधै अगाडि रहेको यस ब्राण्डले पछिल्लो समय आफ्ना बाइक र स्कुटरमा एडभान्स्ड फिचरहरु राख्दै प्रयोगकर्ताहरुमाझ निकै ठूलो प्रभाव पार्न सफल बनेको छ ।

स्मार्ट कनेक्ट , रेस ट्युन्ड फ्युल इन्जेक्सन , विभिन्न राइड मोडस् र भोइस कमान्डजस्ता फिचरलाई राखेर आफ्ना साधनलाई थप आकर्षक, उपयोगी र युजर फ्रेन्डली बनाउँदै सबैको मन जित्न सफल टीभीएस, बजारको लिडिङ् टेक्नोलोजी फोकस्ड ब्राण्ड हो ।
यस नयाँ बर्षको अवसरमा टीभीएसले आफ्ना हरेक बाइकको खरिदमा रु ८०००को स्योर सट क्यास डिस्काउन्ट, स्कुटरको खरिदमा ७००० स्योर सट क्यास डिस्काउन्ट र अपाचे बाइकको खरिदमा रु ५००० मूल्य बराबरको हेल्मेट सित्तैमा दिनेछ । त्यसका साथै शून्य प्रतिशत ब्याजदरको फाइनान्स सुबिधा र बाइक एक्सचेन्जमा बजार मूल्यभन्दा १०,००० बढी भ्यालुएसन पनि दिने निधो गरेको छ । यो अफर देशैभर चैत्र १९ बाट सुरु भएर सीमित अवधिको लागि मात्र लागु हुने कम्पनीले जनाएको छ ।

जगदम्बा मोटर्स प्रा.लि., नेपालमा टीभीएसका दुई पांग्रे सवारीसाधनको एक मात्र आधिकारिक वितरक हो । देशभर १४० भन्दा बढी डिलरहरुको बलियो सञ्जालका कारण टीभीएसले बजारमा आफ्नो मजबुत पकड बनाउन र ग्राहकहरूलाई सन्तुष्ट बनाउन सफल भएको छ । गुणस्तरीय उत्पादन,नवीन टेक्नोलोजीको प्रयोग,बिक्रीपश्चात्को उत्कृष्ट सेवा र देशभर जगेडा पार्टपुर्जाहरुको उपलब्धताका कारण नै टिभिएस आज नेपालको सर्वाधिक रुचाइएको टु–ह्विलर ब्राण्डका रुपमा स्थापित हुन पुगेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्