एजेन्सी । बालबालिकाको गोपनीयताको रक्षा गर्न ’असफल भएपछि’ टिकटकले एक करोड २७ लाख पाउन्ड स्टर्लिङ (करिब दुई अर्ब बढी नेपाली रुपैयाँ) बराबरको जरिबाना तिर्नुपर्ने भएको छ ।

बेलायती सूचना आयुक्तको कार्यालय (आईसीओ)ले आफ्नो अनुसन्धानमा टिकटकले डाटा सुरक्षा कानुनको उल्लंघन गरेको पाइएको बताउँदै जरिबाना तोकेको हो । २०१८ को मे र २०२० को जुलाईका बिचमा कानुनको उल्लंघन भएको बताइएको छ । बेलायतका १३ वर्ष मुनिका करिब १३ लाख बालबालिकालाई टिकटक चलाउन दिएको आईसीओको अनुमान गरेको छ । जुन बालबालिकाहरूलाई खाता खोल्न नदिने टिकटक आफ्नै नीतिको उल्लंघनसमेत हो । बेलायतको डाटा संरक्षण कानुनले १३ वर्ष मुनिका बालबालिकाहरूलाई कुनै सूचना प्रदान गर्न विवरण लिँदा अभिभावकको सहमति लिनुपर्ने व्यवस्था गरेको छ । यसबारे बोल्दै बेलायतका सूचना आयुक्त जोन एडवर्ड्सले भनेका छन्, “हाम्रा बच्चाहरू भौतिक संसारमा जस्तै डिजिटल संसारमा पनि सुरक्षित छन् भनी सुनिश्चित गर्नका लागि कानुनहरू छन् । टिकटकले ती कानुनहरूको पालना गरेन ।”

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्