झापा, चैत २२ । ईलाम माङसेबुङ गाउँपालिका वडा नं.५ भालुटारमा रहेको वडा कार्यालय भवनमा आगो लगाई कार्यालयमा रहेको सामान चोरी गरी फरार भएका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा ईलाम माङसेबुङ गाउँपालिका वडा नं.३ बस्ने ३९ वर्षिय आशिष भन्ने हस्तबहादुर लिम्बू रहेका छन् । आगजनी तथा चोरी गर्ने ब्यक्तिलाई खोजतलास गर्ने क्रममा लिम्बुलाई शंका लागेर आज पक्राउ गरी कार्यालयमा ल्याई अनुसन्धान गर्दा उनले उक्त घटना आफूले गरेको कुरा स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी प्रहरी निरीक्षक प्रदीप सुवेदीले बताए । वडा कार्यालयबाट चोरी गरी लगेको कम्प्युटर मनिटर थान–१,स्क्यानर थान–१,राउटर थान–१,माउस थान–१ र किबोर्ड थान–१ सामानहरु बरामद गरी लिम्बूलाई जिल्ला प्रहरी कार्यालय इलामबाट आगजनी तथा चोरी मुद्दा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक सुवेदीले बताए ।
गत चैत ९ गते राति अन्दाजी ११ बजे वडा कार्यालय भवनमा आगो लगाई कार्यालयमा रहेको सामान चोरी भएको थियो ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्