बिर्तामोड, चैत २३ । बालमैत्री वातावरणमा पठनपाठन हुने बिर्तामोड– ३ मनकामना टोलस्थित लिंकन मोन्टेश्वरी स्कूलमा अभिभावकहरुको आकर्षण बढ्दै गएको छ ।

बाल मनोविज्ञानलाई बुझेर त्यही अनुसारको पठनपाठन हुने भएकाले आफ्ना बालबालिकालाई त्यही पढाउने चाहना भएको अभिभवाकहरुले बताएका छन् । कक्षा पीजी , नर्सरी , एलकेजी र युकेजी पढाइ हुने त्यस मोन्टेश्वरीमा हाल ३५ जना विद्यार्थी रहेका छन् । अभिभावकहरुको आकर्षण बढ्दै गएपछि यस वर्ष विद्यालयले ६० जना विद्यार्थी भर्ना गर्ने लक्ष्य लिएको छ ।

बालबालिकाको धेरैजसो समय विद्यालयमा बित्ने भएकाले उनीहरूले निर्धक्क भएर आफ्ना अधिकारको प्रयोग तथा आफ्नो सर्वाङ्गीण विकासका लागि क्रियाकलापहरू गर्न पाउनुपर्ने वातावरणलाई आफूहरुले जोड दिएको विद्यालयका संचालक सरोज पौडेल बताउँछन् । उनले बालमैत्री विद्यालयका नाममा बालबालिकालाई दिने क्षणिक सुविधा र विद्यालयका भौतिक पूर्वाधारलाई मात्र बढी जोड नदिई बालबालिकासँग गरिने व्यवहार र उनीहरूको वृद्धि तथा विकासका लागि उपलव्ध गराइने अवसर र वातावरणप्रति आफूहरु सचेत रहेको बताए ।

सो विद्यालयमा खेल्ने सभाहलसहित ६ वटा बालमैत्री कक्षाकोठा छन् ।त्यस्तै खेल्ने सुविधासहित प्ले ग्राउन्ड , चमेना गृह ,बालबालिकालाई सजिलो हुनेगरी धारापानी , शौचालयजस्ता सुविधा उपलब्ध रहेको प्रिन्सिपल रुपा शर्मा जमरकट्टेल बताउँछिन् । घोकाउने , रटाउनेभन्दा पनि बाल मनोविज्ञानलाई बुझेर मोन्टेश्वरीका लागि आबश्यक शैक्षणिक सामग्री अनुसार पठनपाठन गर्ने गरिएको उनले जानकारी दिइन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्