एजेन्सी । ट्विटरको चर्चित निलो चरा प्लेटफर्ममा फर्किएको छ ।

ट्विटरको चराको लोगोलाई डोजकोइनको लोगोले प्रतिस्थापन गरेर सबैलाई चकित पारेको केही दिनपछि अर्बपति तथा माइक्रोब्लगिङ साइटका मालिक एलन मस्कलाई निलो चरालाई पुनः फिर्ता ल्याएका छन् । सानो निलो चरासँग अभ्यस्त भएका विश्वभरका ट्विटर प्रयोगकर्ताले यसमा शिबा इनु प्रजातिको कुकुरको लोगो राखिएपछि मानिसहरूमा एक प्रकारको कौतुहलता जागेको थियो ।

आखिर किन एलनले यस्तो गरे ?
मस्कले लोकप्रिय क्रिप्टोकरेन्सी कम्पनी- डोजक्वाइनको लोगोलाई ट्विटरमा राख्दा पनि यसबारे सार्वजनिक रूपमा केही जानकारी दिएका थिएनन् । अहिले ट्विटरमा चरा फर्किसकेपछि पनि उनको तर्फबाट कुनै बयान आएको छैन ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्