एजेन्सी । टाइम म्यागजिनको १०० प्रभावशाली व्यक्तित्वको सर्वेक्षणमा चर्चित अभिनेता शाहरुख खान शीर्ष स्थानमा परेका छन् ।

यस सर्वेक्षणमा उनले फुटबलर लियोनल मेस्सी, बेलायतका राजकुमार ह्यारी र राजकुमारी मेघन मार्कल, ओस्कार विजेता मिशेल योह, मेटाका सीईओ मार्क जुकरबर्ग जस्ता व्यक्तित्वलाई पराजित गरेका छन् । टाइम म्यागजिनले यस वर्षका सबैभन्दा प्रभावशाली व्यक्तित्वहरूको वार्षिक सूची तयार गर्न आफ्ना पाठकहरू बीच यो सर्वेक्षण गरेको थियो । यस सर्वेक्षणमा उनले कुल १२ लाख मतमध्ये चार प्रतिशत मत पाएका थिए । शाहरुख खानको हालै आएको फिल्म ‘पठान’ निकै हिट भएको थियो । यसले अहिलेसम्म १ हजार करोडभन्दा बढी कमाइसकेको छ ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्