झापा, चैत्र २६ । वैदेशिक रोजगारीको क्रममा साउदी अरेबिया पुगेका मोरङ, पथरी शनिश्चरे-३ निवासी शुकराज तामाङ सम्पर्कविहीन छन् ।

सुनौलो भविष्य र परिवारको खुसीको लागि उनी नेपालमा रहेको जुपिटर ओभरसिज मेनपावरबाट साउदीको बदिर इब्राइम अल हजरी कम्पनीमा काम गर्नका लागि २०६५ भदौमा साउदी अरेबिया पुगेका थिए । साउदी पुगेको तीन महिनापश्चात् उनी परिवारसँग सम्पर्कविहीन भएका थिए । खोजीका क्रममा हालसम्म पनि सम्पर्कमा नआएको जानकारी उनकी छोरी सम्झना तामाङले बताइन् । सम्पर्कविहीन भएका तामाङको खोजी कार्यमा सहयोग गरिदिन साउदीमा रहेका विभिन्न संघसंस्थाले आग्रहसमेत गरेका छन् ।

प्रतिक्रिया

कृपया प्रतिक्रिया लेख्नुहोस्!
कृपया आफ्नो नाम लेख्नुहोस्